हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट विभिन्न क्षेत्र जाने एम्बुलेन्सको भाडा दर तोकेको छ । एम्बुलेन्सले जथाभावी भाडा लिने गरेको गुनासोपछि प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले भाडादर निर्धारण गरेको हो । समितिका अध्यक्ष दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले हेटौंडाबाट काठमाडौंको भाडा ७ हजार ५ सय रुपैंया, हेटौडा–चितवन ३ हजार रुपैंया, हेटौंडा–बीरगंज २ हजार रुपैंया, हेटौंडा–डंकन ९रक्सौल० ३ हजार रुपैंया, हेटौंडा बजारको चार किल्ला ९माछा प्लान, सामरी, हनुमानगेट, सरस्वति खोला० मा ३ सय रुपैया र नगर बाहिर ३ सय रुपैंयाका अतिरिक्त प्रतिकिलोमिटर २५ रुपैंयाका दरले लिन पाउने व्यवस्था गरेको छ । बैठकले जिल्लामा संचालित सबै एम्बुलेन्सलाई चालु हालतमा राख्न, पार्टिसन गर्न बाँकी रहेका एम्बुलेन्सलाई पार्टिसन गर्न लगाउने निर्णय समेत गरेको छ । बैठकले विरामी जिल्ला बाहिर लैजाँदा अस्पताल वा चिकित्सवको रिफर कागज भएमा मात्रै लैजाने र यसको जानकारी सबै एम्बुलेन्स संचालनकर्तालाई गराउने निर्णय गरेको छ ।बैठकमा मकवानपुरका प्रहरी प्रमुख, हेटौंडा अस्पताल, रेडक्रस, स्वास्थ्य कार्यालय, नीजि अस्पताल, एम्बुलेन्स चालकका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । हेटौंडा एम्बुलेन्सको भाडा दर महंगो मात्रै नभई एम्बुलेन्स पाउनै मुस्किल हुने गरेको छ । केही एम्बुलेन्सले दिउँसो नै विरामी बोक्न आनाकानी गर्ने गरेका छन् भने रातको समयमा हेटौंडामै भएपनि अन्यत्र भएको बहाना गर्ने गरेको गुनासो छ ।








