नवलपुर । नेपाल पत्रकार महासघ गण्डकी प्रदेश समितिले आज प्रदेशका अर्थमन्त्री किरण गुरुङ र आन्तरिक मामिला मन्त्रालयका सचिव लाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेशसभामा बजेट अधिवेशन जारी रहदा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले कोभिड सक्रंमित सन्चारकर्मिको निःशुल्क उपचार , मृतकका परिवारलाई राहात ,पत्रकार कल्याणकारी कोषमा सहयोग, लेखनबृति , क्षमताबृद्दि , महासघका जिल्ला शाखाहरुको भवन निर्माणमा रकम बिनियोजन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री र सचिवहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको अध्यक्ष शर्माले बताउनुभयो । महासघसग हातेमालो गर्ने र बहुबर्षिय सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभएको शर्माले बताउनुभयो । प्रदेश कार्यालय भवन र पत्रकार महासंघका ८ वटा जिल्ला शाखाको भवनका निर्माणका लागि बजेटमा बिनियोजन गर्न समेत माग गरिएको शर्माले बताउनुभयो ।
कोभिडले धाराशायि भएका सन्चार गृहलाई ब्याज अनुदान हुने गरि (पछिपनि ब्याज तिर्न नपर्ने ) ऋणको व्यवस्था गर्न माग गरिएको हो । अध्यक्ष नारायण शर्मा नेतृत्व को टोलिमा उपाध्यक्ष सोनी शर्मा, महासचिव गोबिन्द सुबेदी , सचिव यदुनाथ बन्जारा, कोषाध्यक्ष राजेन्द्र न्यौपाने र सल्लाहकार दिपेन्द्र श्रेष्ठले मन्त्री र सचिवलाई भेट गरी ध्यानाकर्षण पत्रमा रहेका मागहरु बजेटमा सम्वोधन हुनुपर्नेमा जोड दिनुभयो ।








