• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट ,दैनिक १० करोड बराबरको दूध नोक्सान

  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रू. १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो ।

    एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले कोरोना महामारीको अवस्थामा दैनिक मात्र १३ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको तथ्यांक छ । नेपालमा दुग्ध क्षेत्रको कुल ग्रार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान गरेको छ ।

    नेपालमा घरेलु, साना, मझौला र ठूला डेरी उद्योग गरी चार प्रकारका डेरी उद्योग छन् । देशभर सबै प्रकारका डेरीको तथ्यांक हेर्दा करीब सात हजार छन् । कोरोना महामारीका कारण सानादेखि ठूलासम्मका होटेल व्यवसाय, पार्टी प्यालेसलगायतका दूध र दुग्धजन्य सामग्रीको खपत हुने क्षेत्रमा परेको प्रभावका कारण खपत घटेपछि दैनिक रुपमा रू. १० करोड बराबरको दूध खेर गई नोक्सानी हुँदै आएको एसोसिएशनका महासचिव दाहालले बताए ।

    दूध र दुग्धजन्य सामग्रीको खपत कम हुनाका कारण होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, अनि शहरका मानिस गाउँ प्रस्थान, स्कुल कलेज सरकारी कार्यालय बन्द, मानिससँग पैसाको पनि कमी, आइसक्रिमको व्यापारमा कमी, लकडाउनका कारण बिहान मात्र केही पसल खुल्नु अनि जहाँ दूध राखेर बेचिन्थ्यो किराना खाद्यान्न पसल डिपार्टमेन्ट आदि बन्द हुनु हो । यसबाट किसान र उद्योग दुवैलाई समस्या भएको छ । अघिल्लो वर्ष पनि यही याममा नै बन्दाबन्दी भयो र यस पटक पनि त्यही भएर अत्यन्तै अफ्ठ्यारो भएको बताइएको छ ।

    पहिले सहज अवस्थामा दैनिक रुपमा ३१ लाख लिटर दूध खपत थियो भने अहिले कोरोनाका कारण दैनिक १३ लाख मात्र खपत भएको छ । गत वर्षको बन्दाबन्दी चाहिँ चाँडै खुला र सजिलो होला भनेर बजारमा विक्री नहुँदा पनि किसानको दूध खरीद गरेर धुलो दूध बनाइएको थियो । यसपटक त्यो पनि अवस्था रहेन र गत वर्षकै करीब तीन अर्बको धुलो दूध तथा बटर बाँकी नै रहेको तथ्यांक डेरी एसोसिएशनको छ ।

    सबै क्षेत्रका लागि २०७७/७८ साल एक दमै अफ्ठ्यारो रह्यो । प्रायः सबै क्षेत्र नै आ–आफ्नो कठिन अवस्था बिताइरहेका छन् । त्यसैले सरकारले कृषि क्षेत्रमा विशेष महत्व दिनुपर्ने एसोसिएशनका महासचिव दाहाल बताउँछन् । यो समयलाई सरकारले विशेष महत्व दिई कृषि क्षेत्रमा आवश्यक नीतिनियम, आवश्यक अन्य कुराको ख्याल गर्दै जाने हो भने अर्को सालदेखि आयातमा कमी भई हाम्रो व्यापार घाटा पनि कम हुन जान्छ भने स्वदेशमै रोजगारको पनि सिर्जना हुन सक्छ दाहालको भनाइ छ । कोरोनाको कारण विदेशमा रोजगारी छाडेर स्वदेश फर्केका एवम् शहरबाट गाउँ फर्केका धेरै मानिस छन् ।

    तिनीहरूको सीप र पूँजीलाई योजनाबद्ध रूपमा कृषिसँग जोड्ने सक्ने कार्यक्रम ल्याउन सकिए नयाँ प्रविधि पनि स्थापित हुन सक्ने उनी बताउँछन् । कुल ग्रार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको नौ प्रतिशत योगदान रहेको छ । यो क्षेत्रमा पाँच लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएका छन् भने ३० हजार जनाले उद्योग तहमा रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा अरू लाखौँ जनाले रोजगार पाएका छन् ।

    समग्र कृषि क्षेत्रमा रू. ३० अर्ब निजी क्षेत्रको मात्र लगानी छ । दैनिक करीब रू. छ करोड शहरबाट गाउँसम्म नगद प्रवाह भइरहेको छ । डेरी एसोसिएशनका अनुसार नेपालमा वार्षिक राजस्व रू. तीन अर्बभन्दा बढी डेरी सेक्टरले राजस्व बुझाउने गर्दछ । देशभर जम्मा दूध उत्पादन ६२ लाख लिटर छ । यद्यपि ५० प्रतिशत अझै पनि व्यवस्थित रुपमा बजारीकरण हुन सकेको छैन । औपचारिक क्षेत्रमा १७ प्रतिशत बजार रहेको छ भने अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत छ । पचास प्रतिशत कृषक स्वयंले उपभोग गर्ने गरेको पाइन्छ । रासस

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.