• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बच्चाले बच्चा पाउन थालेपछि रोक्दै राप्ती नगरपालिका

  •   शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लाको विकट पहाडी गाउँमा रहेका चेपाङ समुदायमा बच्चाले बच्चा पाउने समस्या रोक्न राप्ती नगरपालिकाले अभियान चलाएको छ । नगरपालिकाले बालविवाह रोक्न प्रोत्साहनका कार्यक्रम ल्याउँन लागेको हो । सो नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ मा चेपाङ जातीको बाहुल्यता रहेको छ । नगरपालिकामा ६४ हजार ८२० जनसंख्या रहेकोमा १० हजारभन्दा बढी चेपाङ छन् । नगरपालिका प्रमुख प्रभा बरालले भन्नुभयो “ग्रामीण क्षेत्रमा सीमान्तकृत जातीमा बालविवाह रोक्न सकिएन । न्यूनिकरण भने भएको छ ।” चेपाङ जातीमा ११ वर्षदेखि नै विवाह हुने गरेको उहाँको भनाई छ ।

    १५ वर्षको किशोरीले आफ्ना दुई सन्तान लिएर हिडेको पनि देख्न सकिन्छ । उहाँले थप्नुभयो “हाम्रोमा बच्चाले बच्चा पाउँछन् ।” आफू महिला भएकाले प्रमुख भएदेखि नै यस समस्यालाई कसरी हल गर्न सकिन्छ भनेर सचेतनाका कार्यक्रम गर्दै आएको उहाँ बताउनुहुन्छ । आउँदो वर्षको बजेटमा कार्यक्रम राखेर २० वर्ष पुगेर विवाह गर्नेहरुलाई प्रोत्साहनका कार्यक्रम गर्ने तयारी गरेको उहाँको भनाई छ । चेपाङ जातिका युवतीले २० वर्ष कटेर विवाह गरेर आए भने दोसल्ला ओढाएर सम्मानसँगै आर्थिक सहयोग गरिने बरालको योजना छ ।

    उमेर नपुगि विवाह गरेकाहरुको विवाह दर्ता नगर्ने र आवश्यक सहयोग पनि नगरपालिकाले नगर्ने बराल बताउनुहुन्छ । नगरपालिकाले ती ग्रामीण क्षेत्रमा चेपाङका लागि दुई वटा छात्रावास सञ्चालन गरेको छ । ती छात्रावासमा अध्ययन गर्ने छात्राहरु परीक्षाको समयमा विवाहको लागि भागेर जाने गरेको उहाँले गुनासो गर्नुभयो । बरालले भन्नुभयो “राम्रो शिक्षा दिक्षा दिने हाम्रो योजना खेर जाँदा निकै दुःख पनि लाग्छ ।” नगर उपप्रमुख ईमासिंह लामा चेपाङका बालबालिकाहरुको विद्यालय भर्ना दर शतप्रतिशत बनाईएको भए पनि विद्यालय छोड्ने दर भने घटाउन कठिन भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “हामीले छात्रावास, विद्यालय खाजा जस्ता आकर्षक कार्यक्रम ल्याएका छौं, तर पनि विद्यालय छोड्ने समस्या रोकिएको छैन ।” चेपाङ सामुदायको शिक्षाको स्तर माथि उठाउन नगरपालिका लागिपरेको उहाँको भनाई छ । भरतपुर अस्पतालका स्त्रीरोग विशेष डा. रामप्रसाद सापकोटा उमेर नपुग्दै विवाह गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य समस्या आउने बताउनुहुन्छ । उहाँका अनुसार किशोरी आमा बन्दा पहिलो कुरा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुन्छ । पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक र मानसिक विकासमा अवरोध आउने उहाँको भनाई छ ।

    सानो उमेरमा गर्भवती भएमा अन्य महिलाहरुमा भन्दा मानसिक समस्या, समय नपुगी बच्चा जन्मिने समस्या, कम तौल भएको बच्चा जन्मिने, उच्च रक्तचाप हुने र वेहोस् हुने समस्या समेत हुने उहाँले जानकारी दिनुभयो । प्रसुतीको समयमा धेरै रगत बग्ने र आमाको मृत्यु समेत हुने सापकोटा बताउनुहुन्छ । यस्ता महिलाको बृद्ध अवस्थामा आङ खस्ने समस्या बढी हुने गर्दछ । भरतपुर अस्पतालमा चेपाङ किशोरीहरु कम उमेरमा बच्चा जन्माएपछि विभिन्न समस्या लिएर आउने गरेको उहाँको भनाई छ । वि. सं. २०७५ साल भदौ १ देखि लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ ।

    बीस वर्ष नपुगी विवाह गरे वा गराएमा यसलाई कसुर मानेर व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ । यदि २० वर्षअघि विवाह गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुने उल्लेख छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.