• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना

  •   शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो । फक्ताङलुङ गाउँपालिका—७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको वरपर नाउरको खोजीमा व्यस्त छन् ।

    शेर्पासँगै परिषदको वन तथा वन्यजन्तु प्राविधिक सुमन काफ्ले लगायत नौ जनाको टोली कञ्चनजङ्घा क्षेत्रको लोनाक खाम्बाजेन क्षेत्रमा नाउर गणनामा परिचालन भएको जनाइएको छ । त्यस्तै कञ्चनजङ्घा क्षेत्रमा नाउरको बास स्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्र ९ब्लक०मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्था बारेमा अध्ययन विगत देखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए ।

    ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरिक्षण हुँदैआएको चेम्जोङले बताए । संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नारउ र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरिक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई रहेको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए ।

    वन्यजन्तुबाट घरपालुवा जनवाहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँने गरेको शेर्पाले बताए । पाँच वर्ष पछि सो संरक्षण क्षेत्रमा नाउर गणना कार्य गत हप्तादेखि थालिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । केही वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरु नाउर गणनामा परिचालन भएको तिवारीले बताए ।

    ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङकन गरिएको छ । त्यसले गणनामा दोहोरीने कम सम्भावना रहेको तीवारीले बताए । गत महिना विश्व वन्यजन्तु कोष र परिषद् बीच नाउर निरिक्षण र हिउँ चितुवा संरक्षण गर्नका लागि ४० लाख रुपैयाँको कार्यक्रम सम्झौता भएको व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताए । समुन्द्र सतह देखि पाँच हजार मिटर भन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको फेम्बुले बताए ।

    विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउँर रहेको परिषदका सूचना अधिकारी धमेन्द्र थापाले बताउनुभयो । पाँच वर्ष यता नाउँरको निरिक्षण भएपनि परिमाण आउँन नसकेको थापाले बताउनुभयो । संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ । हिउँ चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त सङख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।

    रौतहटमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
    कोशीको मन्त्रिपरिषद पुनर्गठन, को को बने मन्त्री ?
    विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.