हेटौंडा । मकवानपुर प्रहरीले शनिबार राक्सिराङ गाउँपालिकाबाट लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १२ किलो ३०० ग्राम लागुऔषध गाँजा फेला पारेको हो । पक्राउ पर्नेमा तिनै जना कैलाश गाउँपालिकाका रहेका छन् ।
कैलाश–७ बस्ने बर्ष ४७ का हिरा बहादुर मोक्तान, सोही ठाउँ बस्ने बर्ष २४ का राम बहादुर मोक्तान र सोही ठाउँका अर्का २४ वर्षका ठाकुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बोटबारी स्थित सडक खण्डमा शंकास्पद रुपमा झोला बोकेर पैदल हिंडिरहेका व्यक्तिहरुमाथि चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणमा लागुऔषध गाँजा फेला पारिएको हो ।
प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको ती व्यक्तिहरुको थप अनुसन्धान भईरहेको मकवानपुरले प्रहरी जनाएको छ ।








