विराटनगर । विराटनगरमा पैदलयात्रीको मृत्यु हुनेगरी सवारी दुर्घटना गराई फरार रहेका चालक रविन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भएको दुर्घटनापछि फरार कार्कीलाई घरबाटै आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा रविनले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो ।
दुर्घटनामा मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए । कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आजै मोरङ अदालतमा म्याद थप गर्न लगेको छ ।








