चितवन । रगतको अभावलाई पूर्ती गर्न अहिले चितवन जिल्लाभर रक्तदान कार्यक्रम भईरहेका छन् । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरसंगको सहकार्यमा विभिन्न संघसंस्थाले सुरक्षा अपनाउँदै अहिले भईरहेका छन् । यसै क्रममा खैरहनी ६ मा रहेको युवा स्वर्ण तारा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय भन्दा वढिले रक्तदान गरेका छन् । क्लवका सचिव सागर अधिकारीका अनुसार कार्यक्रममा १८ जना महिलासहित १ सय १३ जनाले रक्तदान गरेका हुन् । यसअघि विहीवार पूर्वी चितवनको दुई स्थानमा भएको कार्यक्रममा २३३ जनाले रक्तदान गरेका थिए ।








