पोखरा । गण्डकी प्रदेशसभाको बिहीबारको बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । सो प्रस्तावमाथि छलफल हुने र विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची पनि छ ।








