चितवन । चितवनको माडी नगरपालिका वडा नम्बर ७ देबेन्द्रपुरका ७ बर्षका बिरामी बालक युनिक ढकालको उपचार खर्च जुटाउन संचालन गरिएको ” युनिक ढकाल बचाउ अभियान ” का अगुवाहरु आज माडी देबेन्द्रपुर उनको घर पुगेका छ्न । बालकको स्वास्थ्य अबस्था बुझ्न , स्थानीय सहयोगी , शुभेच्छुक र परिबार सग बालकको उपचार तथा सहयोग रकम संकलन प्रभाबकारी बनाउन अगुवाहरु उनको घर पुगेका हुन ।
बालकको पछिल्लो अबस्थाका बारेमा जानकारी लिन अभियानका अगुवाहरु दुखको साथी संस्थाका अध्यक्ष देबिका कुवर , स्थानीयबासी तथा पत्रकार लक्ष्मण गौतम , सामाजिक अगुवा श्रीप्रसाद दवाडी , पत्रकार अजित अधिकारी, माडी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बाला कृष्ण सापकोटा , वडा सदस्य रामबहादुर क्षेत्री , स्थानिय अगुबा धर्मराज खनाल , बाबुराम सुवेदी , सुदर्शन सुवेदी , युवा अगुवा तथा स्वस्थ्यकर्मी सफल गौतम लगायतका अगुवाहरु बालकको घरमा पुग्नु भएको हो ।भेटघाटका क्रममा वडा अध्यक्ष सापकोटाले आफुहरुले बालक युनिकको उपचारमा आबश्यक सहयोग गर्ने र सबै लाई सहयोगका लागि अपिल गर्नु भयो । स्थानीयहरुले अभियान लाई सफल बनाउन आफुहरु आर्थिक संकलनमा जुटने बताएका छ्न ।
सोही भेटघाटमा बिरामी बालक युनिक ढकालको उपचारको लागि सामाजिक अगुवा श्रीप्रसाद दबाडीले ५ हजार र अन्य सहयोगीहरुले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । आज साझ नै बिरामी बालक युनिकको स्वास्थ्य परिक्षण गरिएको छ । बघौडा अस्पतालका डाक्टर रन्जु सिंहले बालकको घरमै पुगेर स्वस्थ्यजाँच गर्नु भएको हो । बालककी आमा सीता ढकालले आफ्नो ७ बर्षिय छोरा युनिक ढकालको जन्मदेखी नै रगत संबंधित समस्या भएको र छिट्टै नै बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक सहयोगका लागि सबै सग अनुरोध गरेपछी आर्थिक रकम संकलन गर्नका लागि अभियान सुरु गरिएको हो ।
बिरामी बालकको उपचारका लागि काठमाडौंको सिभिल अस्पतालले करिब १५ लाख लाग्ने बताए पछि उपचारका लागि सहयोगी बाट स्वइच्छिक आर्थिक रकम संकलनका लागि अभियान सुरु गरिएको हो । हाल सामाजिक संजाल फेशबुकमा “युनिक ढकाल बचाउ अभियान ” सुरु गरिएको र सोही अभियान बाट सहयोग रकम जम्माहुन थालेको छ । समयमै उपचार गर्न सके बालकको रोग निको हुने भएलाले मानव रक्षाका लागि सबै बाट पहलको अपेक्षा राखेको जनाइएको छ ।सहयोगी दाताले सहयोगका लागि युनिक ढकाल कृषि विकास बैक शाखा कार्यलय बसन्तपुर माडी चितवनमा रहेको खाता नं 05-088-01502136-01-1 बिरामी बालकका बारेमा अन्य अधिक जानकारी लिनका लागि आमा सीता ढकाल मोबाइल नम्बर 9862556808 सम्पर्क गर्न सकिने जनाइको छ ।
युनिक लाई सहयोग गर्न चाहानुहुने सहयोगीहरुले तल उल्लेखित बैंक खाता र इसेवा नम्बर 9845447530 (Devika kunwar) माछापुच्छ्रे बैंक हाकिम चोक चितवन( Laxman Gautam खाता नं 10-48-524-840037-01-8 सनराइज बैंक लाइन्सचोक Devika Kunwar खाता नं 0170496694202001 मा रकम जम्मा गर्न सकिने ब्यबस्थापन मिलाइएको “युनिक ढकाल बचाउ अभियान ” ले जनाएको छ ।








