चितवन । चितवनमा हिजो अन्तिम दिन मात्रै २ हजार ३ सय ८२ जनाले खोप लगाएका थिए । जसमा१ हजार १ सय ६४ जना महिला र १ हजार २ सय १८ जना पुरुषले खोप लगाएका हुन् ।
जिल्ला स्वास्थ कार्यालय चितवनको तथ्यांक अनुसार सात स्थानीय तहमा उक्त संख्याका नागरिकहरुले खोप लगाएका हुन् । जेठ २५ गतेबाट ६२ देखि ६४ वर्ष उमेर समुहलाई खोप लगाउन सुरु गरिएको थियो ।
खोप सुरु भएको पहिलो दिन ३ हजार ९ सय ४६ जनाले, दोस्रो दिन २६ गते ४ हजार ८ सय ४५ जनाले र तेस्रो दिन हिजो २७ गते २ हजार ३ सय ८२ जनाले गरी कूल ११ हजार १७३ जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।जसमा ५ हजार ४१४ जना महिला र ५ हजार ७५९ जना पुरुष रहेका स्वास्थ कार्यालयको तथ्यांकमा उल्लेख छ ।








