गैँडाकोट । गैँडाकोट नगरपालिकामा आज ४ सर ६६ जनाले भेरोसेल खोप लगाएका छन् ।गैँडाकोट नगरपालिका भित्रका ६२ देखि ६४ वर्षका नागरिकहरुलाई भेरोसेलको पहिलो डोज लगाइएको हो । खोप लगाउनका लागि नगरपालिकाका चार स्थानलाई केन्द्र तोकिए पनि वडानम्वर ३ मा भने जेठ ३० गते लगाइने छ । हिजो गैँडाकोट वडा नम्बर १०, ११, १२, १३ र १४ का लागि गैँडाकोट नगर अस्पताल, वडा नम्बर १५, १६, १७ र १८ का लागि अमरापुरी स्वास्थ्य चौकी, वडानम्वर १, २, ४, ५, ६, ७, ८ र ९ का लागि गैँडाकोट स्वास्थ्य चौकी तोकिएको थियो ।
विहान ११ बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने समय तोकिए पनि नगरवासीको वाक्लो भीड रहेको थियो । खोप लगाउने केन्द्रमा स्वास्थ्य मापदण्डको भने पूर्ण उल्लघन थियो । नगरपालिकामा सुरक्षा गार्ड नियुक्ती गरिएपनि भीड नियन्त्रण गर्न नसकोको र जसका कारण नाम उमेर भिडाउनेहरुलाई निकै कठिन भएको थियो । विहान ११ बजेदेखि ५ बजेसम्मको समय तोक्दा पनि भीड हुँदा खोप लगाउन जानेहरुले व्यवस्थापनप्रति गुनासो गरेका थिए । २५ गतेदेखिनै खोप लगाउने मन्त्रालयले अनुमति दिएपनि एकदिन मात्रै समय दिँदा भीड बढेको हो ।
गैँडाकोटमा ४ हजार ४३ जनाको नामावली पठाइएपनि ९६० खोप (डोज) पठाईएको छ । गैँडाकोटका ४सय ६६ सहित नवलपुर जिल्लामा हिजोमात्रै १ हजार ८ सय ७५ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन् । जिल्लाभर हिजोसम्म ३ हजार ३सय ४० जना नागरिकले भेरोसेलको पहिलो डोज लगाएका छन् । खोप लगाउनेहरुमा गैँडाकोटका ४ सय ६६, बुलिगटारका २ सय २० जना, हुप्सेकोट गाउँपालिकाका ८६, देवचुलीका ५ सय ८०, कावासोतीमा १ हजार २५ जना, मध्यविन्दुमा ८ सय ७० र विनयी त्रिवेणीमा ९३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।








