चितवन । चितवन स्थायी घरभई अमेरिकाको बस्दै आउनु भएका प्राध्यापक डाक्टर कृष्ण भाई श्रेष्ठद्धारा चितवनको ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ तामिनका अति विपन्न ४६ घरधुरीलाई राहत सामाग्री वितरण गरिएको छ ।
चितवनको विकट क्षेत्रका विपन्न, दलित, चेपाङ्ग वस्तीलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरिएको हो । उनीहरुलाई एक महिनालाई पुग्ने चामल,दाल, खानेतेल, नुन वितरण गरिएको थियो ।
वितरण कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नम्बर २ का कांँग्रेस सभापति एवं समाजसेवी टंकनाथ पौडेलले कोरोना कहरमा अधिकांश क्षेत्रमा राहत वितरण हुदै आएपनि यस क्षेत्रमा हालसम्म कसैको आंँखा नपरेको हुंँदा खाद्य सामाग्री वितरण गरिएको बताउनु भयो । प्राध्यापक डाक्टर प्रधानको आर्थिक सहयोग,वरिष्ठ समाजसेवी मैयादेवी ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठको नेतृत्व र समाज सेवी पौडेलको समन्वयमा खाद्यसामाग्री वितरण गरिएको हो । ‘हामीले यो विकट क्षेत्रको अवस्थाका बारेमा प्राध्यापक डाक्टर कृष्णभाई प्रधानलाई जानकारी गरायौं, उहांँले भन्नुभयो, उहाँकै सहयोगमा हामीले यस क्षेत्रमा राहत वितरण गरेका हौं ।’
प्राध्यापक प्रधान लामोसमय चितवनमा अध्यापन क्षेत्रमा सक्रिय हुदै आउनु भएको थियो र विगत लामोसमयसम्म अमेरिकाको मेडिसन युनिभर्सिटीमा अध्यापन गर्नुहुन्थ्यो । अध्यापनसंँगै समाजसेवामा सक्रिय प्राध्यापक डाक्टर प्रधानले गरेको यो सहयोग अतुलनीय रहेको पौडेलले बताउनु भयो । यस्ता विपन्न नागरिकलाई अप्ठेरो परेको बेला सहयोग गर्नु हरेक नागरिक दायित्व र जिम्मेवारी रहेको भन्दै पौडेलले आगामी दिनमा पनि सहयोग कार्यक्रमलाई तीब्रता दिदै जाने बताउनु भयो । वितरण कार्यक्रमका सभापति एवं गाउंँपालिकाका प्रमुख गीता कुमारी गुरुङ्गले चितवनकै अति विकट र विपन्न घरधुरीलाई चुल्हो बाल्न सहयोग पुरयाएको भन्दै सबैप्रति आभार प्रकट गर्नुभयो ।
समाजसेवी पौडेलकै सक्रियतामा यस क्षेत्रको बाटो निर्माण गर्न र हाल यस क्षेत्रमा विकासको काम अघि बढेको भन्दै गाउंँपालिका अध्यक्ष गुरुङ्गले पौडेलको प्रशंसा गर्नुभयो । यस क्षेत्रको विकासको लागि गाउंंँपालिकाले प्राथमिकता राखेको र क्रमशः यस गाउंँले मुहार फेर्दै गएको गुरुङ्गले बताउनु भयो । वरिष्ठ समाजसेवी प्रेम कुमार श्रेष्ठ र पौडेलको सक्रियतामा जिल्लाका विभिन्न विपन्न वस्तीमा राहत वितरण हुंँदै आएको छ ।
कार्यक्रममा वडा अध्यक्ष मोदराज सिलवाल, वलराम त्रिपाठी,विष्णु कुांवर, मैयादेवी ट्रष्टका सचिव उज्ज्वल श्रेष्ठ, प्रदेशस सदस्य ईस्लामवीन मिया, राजेन्द्र त्रिपाठी,एन बहादुर गुरुङ्ग,उत्तम कुमार परियार,हरि प्रसाद ढकाल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।









