विराटनगर । प्रदेश १ मा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । यसमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।









