काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २७४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६८१ र एन्टिजेन विधिबाट १०६४ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १२ हजार २०२ र एन्टिजेनबाट २२ हजार ४०३ जना पुगेको छ । यस्तै, आज थप ४ हजार १८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।
निको हुनेको दर ८८.३ प्रतिशत छ । आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ५०६ पुगेको छ ।








