• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुर महानगरले साझापुरमा निर्माण गर्यो आपतकालीन सामूहिक आवास भवन

  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक अत्याधुनिक आपतकालीन आवास (ईमरजेन्सी सेल्टर ) सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा आपतकालिन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो । बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर २८ साझापुरमा सञ्चालन गरिएको हो ।

    शिलन्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ । एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठुलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ ।

    भवनको एक औपचारिक कार्यक्रमका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरिन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई प्रंकाश अर्यालले हस्तान्तरण गरेसगैँ उद्धघाटन भएको हो । भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको मेयर दाहालले बताइन् ।

    भवनमा एक पटकमा २ सय जनालाई राख्न सक्ने क्षमतामा रहेको सो भवन उद्धघाटन गर्दै दाहालले आफुलाई उत्साह जागेको बताईन । उनले सदैव स्थानिय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको बताईन । “लामो कसरतले जनता माझ बोलेका कुरा पुरा भएको छ, उनले भनिन–सधै बाढी प्रभावित हुने वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यसले यो विपदकै घडीमा ठुलो राहत मिल्नेछ । मेयर दाहालले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताईन ।

    साझापुरका स्थानिय बुद्धि कडेँलले यो भवन बनेपछि निकै खुसि लागेको बताए । यसले बोटे, मुसहर र जनजातिलाई अझै सहज भएको उनको भनाई छ । यस्तै उपमेयर पार्वती शाहले बाढी लगायतका विभिन्न जोखिम बाट स्थानियलाई बचाउन भवन निकै उपयोगी हुने विश्वास व्यक्त गरिन । महानगरले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाँउमा समेत निर्माण गर्ने प्रतिवद्धता जनाईन ।

    उनले यसको सहि सदुपयोग गरेर अगाडी सुझाव दिईन । भवन निर्माणले गर्दा अबका दिनमा जुनसुकै प्राकृतिक विपत्ती आउदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेकोमा स्थानिय श्याम अधिकारी ले खुसि ब्यक्त गरे । महानगरसगैँ जिल्लाकै सबै प्रभावित ठाँउमा यस्तै सेल्टर बनाएर जनतालाई सुरक्षित अनुभुति गराउन उनले माग पनि गरे ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.