एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘एफ’ मा रहेका दुई टिमबीचको खेल नेपाली समयानुसार साँझ ६:४५ बजे सुरु हुनेछ । आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो ।
फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो । हंगेरी समूहको पुछारमा रहेको छ ।
घरेलु मैदानमा फ्रान्सलाई हराउँदै हंगेरी पहिलो जितका साथ नकआउट चरणको सम्भावना कायम राख्ने तयारीमा छ । तर, युवा तथा अनुभवि खेलाडीले भरिएको फ्रान्सलाई हराउन सहज भने छैन ।








