सांकेतिक तस्विर
सर्लाही । सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतो रहेका छन् ।
हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अर्जुन मोटरसाईकल चालक हुन् ।
प्रहरीका अनुसार, संचारकर्मी अर्जुनको घटनास्थलमै मृत्यु भएको हो । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन् । टिपर चालकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुन्धान गरहेको जनाएको छ ।








