काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषदबाट नेपालका भूमि समेटेर नयाँ नक्सा पारित हुनु सकरात्मक भएको बताएको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए। अब नेपाली भूमि कालापानीमा बसेको भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने उनले बताएका छन्। नेपालको सबै भू(भागमा नेपालकै पूर्ण हक हुनुपर्ने प्रवक्ता शर्माले मंगलबार ट्वीट गर्दै उल्लेख गरेका छन्। उनले दुबै छिमेकी देशसँग सरकारले कुटनीतिक पहल गर्नुपर्ने पनि बताएका छन्।‘अब सरकारको स्तविक परीक्षा प्रारम्भ भएको छ,’ शर्माले भनेका छन्, ‘दुबै छिमेकीसँग गहन कुटनीतिक पहल सुरू गर्नुपर्छ।’ उनले नक्सा पारित गरेर मात्रै नपुग्ने भन्दै थपेका छन्, ‘हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न।’ मन्त्रिपरिषदको सोमबारको बैठकले भूमि मन्त्रालयले लगेको नयाँ नक्सा पारित गर्ने निर्णय गरेको थियो।








