चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या १५ हजार ७५१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चितवनका २ जनाको मृत्यु भएको छ । यो सगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७४ पुगेको छ ।चितवनमा अहिले संक्रिय संक्रमितको संख्या १,०४६ मा झरेको छ ।
ति मध्य ९१५ जना होम आईसोलेशन बसेका छन् । ९४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ३७ जना पब्लिक आईसोलेशनमा रहेका छन् । १४,४३१ जनाले कोरोना जितेका छन् ।








