चितवन । ब्लड डोनर्स सोसाइटी नेपालको टिमले आज नारायणी किनार सरसफाइ गरेको छ । बाढीका कारण किनारमा थुप्रै पÞmोहोरहरु छरिएकोले सरसफाई गरिएको हो ।
सुन्दर नगरी भरतपुरको पर्यटकिय स्थल मध्य एक रहेको नारायणी किनारलाई सफा बनाउनुपर्छ र पर्यटकलाई आकर्षक बनाउने हेतुले सरसफाई गरिएको अभियानका सम्योजक अर्जुन अधिकारीले बताए । बिगत ३४ दिन देखि ब्लड डोनर्स सोसाइटी नेपाल टिम खाद्यान्न संकलन तथा बितरण गर्दै आईरहेको छ ।
अभियानले चितवन , नवलपरासी , गोरखा ,तनहु लगाएतका जिल्लामा सहयोगका कार्यक्रम गर्दै आएको अधिकारीले जानकारी दिए । कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका सस्थापक ÷ अध्यक्ष अर्जुन अधिकारि, केन्द्रिय सचिव तथा चितवन जिल्ला अध्यक्ष अन्जन दवाडी , राप्रपा चितवनका जिल्ला उपाध्यक्ष एबम दशनामि समाज चितवनका अध्यक्ष जिवलाल पुरि , ब्रदर्स फ्रम डिफ्रेन्ट मदर्सका अध्यक्ष रुपेश खड्का, लगाएतका युवाहरुको सहभागी रहेको थियो ।








