चितवन । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय, चितवनले नियन्त्रणमा लिएको दुईपाँग्रे सवारी साधन (साईकल÷स्कुटी ) लैजान चितवन प्रहरीले सवारीसाधन धनीलाई अनुरोध गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै अनुसन्धान समाप्त भएपछि पनि सम्बन्धित सवारी धनी सम्पर्कमा नआएको भन्दै यथाशक्य सवारी साधन लिन आउन अनुरोध गरेको हो ।
सूचनामा आफनो सवारी साधन लैजानको लागी आफनो परिचय खुल्ने कागजपत्र (साईकलको हकमा आफनो साईकलको फोटो स्कुटीको हकमा सवारी दर्ता किताब) साथमा समेत कर्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।








