गजल
सहँदै सहँदै नबोली कति दिन बस्नु हुन्छ तपाई ?
खाली पेटमा पटुकि कति दिन कस्नु हुन्छ तपाई ?
कत्ति पनि गर्नु हुन्न कहिल्यै कसैलाई शोषण यहाँ
सोझा साझालाई छुरी कति दिन धस्नु हुन्छ तपाई ?
अन्याय गर्नु हुन्न भन्दै भाषण ठोक्नु हुन्छ आँफैले
बिचार गर्नुस महोदय कुनै दिन खस्नु हुन्छ तपाई ।
एक दुई पटक पो पताउँछन् ढाँटेका कुरा जनताले
ढाँटि ढाँटी घर घरमा कति दिन पस्नु हुन्छ तपाई ?
सुधार गर्नु होस् पहिला आफ्नो स्वार्थि बानि व्यहोरा
नत्र अनुहारमा कालो कति दिन घस्नु हुन्छ तपाई ?
भरतपुर-११, चितवन








