हेटौंडा । मकवानपुरमा ७९ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउंँपालिका वडा नम्बर ९ का प्रताप स्याङतान र कैलाश गाउांपालिका वडा नम्बर २ का लाल बहादुर स्याङतान रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार शुक्रबार दिउसो १ बजेको समयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
राक्सिराङ गाउंँपालिका स्थित परेवाभिर सडकखण्डमा कैलाश तर्फबाट मनहरी तर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेका ८÷९ जना मानिस मध्य अन्य मानिसहरु बोकिल्याएको भारी फालेर फरार भएका थिए ।
स्याङ्गतान दुईजनाले बोकी ल्याएको भारी खोली चेकजाँच गर्दा लागु औषध गाँजा ७९ किलो फेला परेको र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फरार भएका अन्य ब्यक्तीहरुको खोजतलास भईरहेको छ ।








