पर्सा । पर्सामा चट्याङ्ग लागेर तीन जनाको मृत्यु भएको छ । चट्याङ्ग लागेर सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २६ वर्षीय रसुल आजगद्दी र जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया असरतोमी देवी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहान ७ बजे रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङ्गले लागेको थियो भने असरतोमीलाई खेतमा काम गरिरहेको बेला चट्याङ्ग लागेको हो ।








