काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १७२८ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ३६ हजार ९१६ र एन्टिजेनबाट ३३ हजार ९४१ जना पुगेको छ । यस्तै, आज थप ४३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । निको हुनेको दर ९३ प्रतिशत छ ।
आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ७१ पुगेको छ ।









