चितवन । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने १ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पताल र पुरानो मेडीकल कलेजमा एक–एक जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना चितवन बाहिरका रहेका छन् । त्यस्तै २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३४ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।
सङ्क्रमित हुने १ सय ४ मा ८६ जना पिसिआर बिधिबाट र १८ जना एन्जिजेन्टबाट पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित मध्ये भरतपुर महानगरपालिकाका ६७ जना, खैरहनी नगरपालिकाका ७ जना, माडीमा ६ जना, रत्ननगरमा ११ जना, राप्तीमा ५ जना, कालिकामा ७ जना र इच्ताकामना गाउँपालिकाका १ जना रहेका छन् ।
जिल्लामा हाल सक्रिय सङ्क्रमित १ हजार १ सय ९८ पुगेको जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ६३ जना होम आइसोलेसनमा, सय जना अस्पतालमा र ३५ जना संक्रमित सार्वजनिक आइसोलेसनमा रहेका छन् ।








