काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३२८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५२७ र एन्टिजेन विधिबाट ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ४३ हजार ५८० र एन्टिजेनबाट ३७ हजार ५५६ जना पुगेको छ ।
यस्तै, आज थप ३०६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । निको हुनेको दर ९४.३ प्रतिशत छ ।
आज संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार १९८ पुगेको छ ।









