काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ४ हजार ८७६ जना र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना देखिएको हो । आज २ हजार ५५२ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २२५ जना संक्रमितको मृत्यु भइसकेको छ। यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४६१ जना भेटिएका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका हुन् ।









