चितवन । इनर भिजन सोसाइटी नेपालले भरतपुर वडा नम्बर २५ बस्ने वर्ष २६ कि मृगौला पिडित संगिता महतोलाई आर्थिक सहयोग गरेको छ । दुईवटै मृगौला फेल भएर पिडित बनेकी संगिता महतोलाई उपचार सहयोगार्थ रकम पठाएका हुन् । आज भरतपुर महानगपालिका वडा न ११ को कार्यालयमा कार्यक्रम गरि समितिले पिडितलाई ४ लाख रुपैया संकलन गरी आर्थिक सहयोग गरेको हो ।
संकलित रकम भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञान वहादुर कुमाल , स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा चितवन प्रमुख शान्ता कुमारी पौडेल ,इनर भिजन सोसाइटी नेपालका अध्यक्ष पूर्ण वहादुर गाहा मगरले मृगौला पिडित संगिता महतोलाई हस्तान्तरण गरेका हुन् ।
उनको उपचारको लागि आजै स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा चितवन प्रमुख शान्ता कुमारी पौडेलले १ हजार ५ रुपैयाँ सहयोग गर्नु भएको छ भने भरतपुर नगरपालिका वडा न २ मा रहेको रेविका बाल प्रतिष्ठानले २० हजार सहयोग गर्ने भएको छ। विगत १०-११ महिनादेखि चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार गराउदै आएकी महतोको एक डढे वर्ष अघि मृगौलामा समस्या भएको थियो ।
हप्तामा २ चोटि डायलाइसिस गर्दै आएकी महतोको आर्थिक अभावका कारण पुरा उपचार गर्न नपाएको परिवारले जनाएको छ । डायलासिस र औषधिको भरमा बाँचिरहेकी महतोको हालसम्म ५ लाख रुपैया खर्च भइसकेको परीवारले जनाएको छ । उपचारको लागि पारिवारिक अवस्था कमजोर भएकोले थप सहयोग जुटाईदिन परिवारले सवै मनकारीहरुलाई आग्रह गरेको छ ।
उपचारकै लागि प्रत्यक्ष रुपमा सहयोग गर्न चाहने महानुभाबहरुका लागि कुमारी बिकास बैंकमा पिडित संगिता महतोको नाममा खाता रहेको छ भने उनको बुबाको मोवाइल नं ९८१२२९०६७४ पनि सार्वजानिक गरिएको छ ।








