चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वि चितवनकी सुजिता घटनामा अनावश्यक हल्लाका पछि स्थानीयहरु दौडीदा अनुसन्धानको लागि कठिन भएको जनाएको छ।
आज प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका उपरिक्षक ओमप्रकाश अधिकारीले अनावश्यक हल्लाले गर्दा घटनालाई नालाई अन्तै मोड्ने काम गर्ने समेत बताउनुभयो । आफन्त अुसन्धानका लागि तयार भएपनि बाह्य व्यत्तिहरुले अबरोध खडा गरे उहाँको भनाई थियो । उहाँले पछिल्लो समय अभियानताको रुपमा रहेका व्यक्तिहरुले काठमाडौंमा व्यानार प्रिन्ट गरेर, झोल्मा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समुह खडा गरि अबरोध सृजना गर्ने काम भएको बताउनुभयो ।
उहाँले थप्नुभयो “अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्यू व्यवस्थापनमा खटिनु परेको छ ।” भण्डारीको असार ११ गते अपहरणमा परेको भनेर प्रहरीलाई जानकारी आएको र त्यस लगत्तै प्रहरीले अनुसन्धानको काम सुरु गरेको भए पनि असार २० गते उनको शब भेटिएको थियो उहाँले बताउनुभयो । स्थानीय ब्रह्म सामुदायीक वनमा उनको शब भेटिए देखिनै अनुसन्धानको कामलाई अफ्ठ्यारोमा पार्ने काम भएको उहाँले जानकार दिनुभयो ।
अधिकारीले भन्नुभयो “शब परिक्षणका लागि ल्याउने समय देखिनै असहज वन्दै गएको बातावरणले काम गर्न कठिन भयो ।” त्यस्तै उहाँले प्रहरीको अनुसन्धानलाई असर गर्ने खालनका हल्लाको पछि नदौड्न सर्वसाधारण आग्रह गर्नुभयो । अधिकारीले अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भिर वन्नुपर्ने समय आएकाले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गर्नुभयो । भण्डारीको शब भेटिएको घटनामा हत्या या आत्महत्या के हो भन्ने बिषयमा प्रहरीनै अन्योलमा रहेको उहाँले जानकारी दिनुभयो ।
शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट बिभिन्न समयमा दोहोरो कुरा हुनु र इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उहाँले बताउनुभयो । उहाँले अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रिय अनुसन्धान व्यूरोको टोली कुकुर सहित खटिएको समेत जानकारी दिनुभयो । अहिले सम्म प्रहरीले स्थानीयहरु र निजका आफन्तहरु संग सोधपुछको काम गरिरहेको छ उहाँले बताउनुभयो । उहाँले थप्नुभयो केही कुरा खुलेको छ थप अनुसन्धान जारी छ ।








