काठमाडौं । शनिबार नेपालमा पश्चिमी पहाडी भाग, मध्य र पूर्वाी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । शनिवार राति भने देशभरी नै सामान्य बदली हुनेछ । शनिबार नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात अम्पुन कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेको महाशाखाले जनाएको छ ।








