काठमाडौं । भारतसंगको खुला सिमाका कारण नेपालमा कोराना संक्रमण नियन्त्रण गर्न चुनौति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अवको रणनिती क्वारेन्टाईनको व्यवस्थापन र अस्पताल तयारी अवश्थामा राख्ने कुरा मुख्य प्राथमिकतामा रहेको मन्त्रालयको भनाई छ । टेस्टको दायरा बढाएर संक्रमितको खोजि पनि तिव्र कार्यमा गरिने भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा वोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण वढिरहेको भन्दै खुला सिमाका कारण भारतवाट आएकाहरुवाट संक्रमण बढि देखिएको जानकारी दिनुभएको छ ।
भारतवाट नेपाल आउनेहरुलाई व्यवस्थित तरिकाले नेपाल ल्याउने र सवैलाई क्वारेन्टाईनमा राख्न सकियो र सवैको परिक्षण गर्न सकिएमा संक्रमण केहि हदसम्म नियन्त्रण गर्न सकिने उहाँको भनाई छ ।
अव्यवस्थीत तरिकाले लुकिछिपी नेपाल छिरेकाको परिक्षण गर्न गाहे हुने भएकाले संक्रमित व्यक्तिले धेरैलाई सार्न सक्ने भएकाले उनीहरुवाट बढि खतरा भएको उहाँले जानकारी दिनुभयो ।








