काठमाडौं । सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ।
शुक्रबार बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपुर्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। सरकारले भेरोसेल खोप ल्याएको हो।
खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो। ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो। सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ।
असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल तालिका छ।








