काठमाडौं । गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। गीतमा बाबुल गिरीको स्वर रहेको छ ।
गीतको भिडियोमा पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको छ । माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादन रहेको सो भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् ।








