फाईल फोटो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफ्नो घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्कदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुगल गाउँपालिका वडा नम्बर २ किप्चेका ८ वर्षीय आयुष स्याङ्बो तामाङ रहेका छन् । अर्का बालकले लोड गरिराखेको भरुवा बन्दुक घरबाट झिकेर खेल्ने क्रममा पड्किदा उनको तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकले जनाएको छ । घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक बन्दुक पड्किन गई स्याङ्बोको पेटमा गोली लागेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।








