कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषध खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरी रहेका छन् । उनीहरुलाई बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।








