• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

महिलाहरूको अथक प्रयासमा निर्मित पञ्चशील गुम्बा

  •   सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। विशेष गरी हरेक सार्वजनिक संस्था निर्माणमा पुरूषको तुलनामा महिलाको प्रत्यक्ष सहभागिता कमै हुन्छ । यस्ता संघसंस्था निर्माणको काम गाह्रो हुने भएकोले पनि महिलाभन्दा पुरूषहरू नै अघि सर्छन् । तर, चितवन जिल्लाको भरतपुर–११, लामाटोलमा रहेको गुम्बा निर्माणमा भने पुरूषको उपस्थिति शून्य छ । जहाँ महिलाहरूको मात्रै सहभागितामा गुम्बा निर्माण भएको छ । वि।सं। २०६६ सालमा निर्मित भरतपुर–११, लामा टोलमा रहेको विश्व पञ्चशील शान्ति गुम्बा व्यवस्थापन समितिमा समेत हालसम्म महिलाहरूको मात्रै नेतृत्व छ । जसले गर्दा आवश्यक पर्दा पुरुष सरह महिला पनि काम गर्न सक्छ भन्ने बलियो प्रमाण बनेको छ । ‘वि।सं। २०६३ सालमा लालमति लामाको अध्यक्षतामा लम्हेन्दो आमा समूह (गुठी) गठन भयो, त्यसपछि अहिलेसम्म कुनै पनि कार्यकालमा पुरूषको उपस्थिति छैन,’ गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष शिवकुमारी लामा भन्छिन्, ‘समिति गठन भएको एक वर्षपछि हामीले प्रत्यक घरधुरीबाट १०÷१० रूपैयाँ संकलन गरेर गुम्बाको संरचना निर्माण थालेका हौँ ।’ तामाङ जातिले बुद्ध धर्मप्रति आस्था र विश्वास राख्ने हुनाले बुद्ध दर्शनसम्बन्धी सन्देश दिन पनि गुम्बा निर्माण आवश्यक भएको उनको बुझाइ छ । हाल समूहमा ५५ सदस्य रहेको उनले बताइन् । समूहमा ८१ घरधुरी उक्त गुठीमा आवद्ध छन् । उक्त टोलमा तामाङ समुदायको मात्रै १२० घरधुरी छन् । त्यसैले सबैलाई गुठीमा आवद्ध गराउने प्रयास भइरहेको उनले बताइन् । गुठीमा आवद्ध ८१ घरधुरीबाट वार्षिक ६०० को दरले रकम उठाएर गुम्बा सञ्चालन गर्दै आएको अध्यक्ष लामाले बताइन् । ‘हरेक वर्ष तिहारमा देउसी–भैलो खेलेर रकम संकलन गर्छौं,’ उनले भनिन्, ‘केही रकम हामीले गाउँघरमा नाचगान गरेर पनि संकलन गर्ने गरेका छौँ । जेनतेन त्यसैले चलिरहेको छ ।’ गुम्बाले करिब दुई विगाह क्षेत्रफल जमिन भोगचलन गर्दै आएको छ । सोही जग्गामा ५ लाख रूपैयाँ लागतमा गुम्बा निर्माण गरेको उनले बताइन् । गुम्बा निर्माण भए पनि चाडपर्वमा कार्यक्रम गर्नको लागि मञ्चको आवश्यक परेकोले २०७५ सालमा ४ लाख रूपैयाँ खर्च गरेर मञ्च निर्माण गरिएको उनको भनाइ छ । हालसम्म गुम्बाको संरचना ‘निर्माणमा भरतपुर महानगरपालिकाको वडा नं। ११ भरतपुरबाट ४० हजार र भरतपुर नगरपालिकाबाट ५० हजार रूपैयाँ बाहेक सरकारी सहयोग आएको छैन,’ उनले भनिन्, ‘बाँकी खर्च चन्दादाताबाटै संकलन भएको हो ।’ त्यो बाहेक कतिपयले निर्माण सामग्री र गुठीमा आवद्ध रहेका सदस्यहरूको श्रमदानबाट गुम्बा निर्माण भएको उनको भनाइ छ । सुरुका दिनमा ज्यादै कठिन परिस्थितिको सामना गर्नु परे पनि अहिले गुठीमा आवद्ध हुनेहरूको संख्या बढ्दै गएको र मानिसहरूले विश्वास गर्न थालेकाले केही सहज भएको उनले बताइन् । समयअनुसार गुठी सञ्चालन र गुम्बा व्यवस्थापनमा खर्च बढ्दै गएको छ । गुम्बाको संरचना निर्माणमा सुरूवाती चरण मात्रै पार गरेकोले अझ बढी लगानीको आवश्यक पर्ने उनले बताइन् । ‘हामीले थोरै रकम र श्रमदान तथा सहयोगबाटै गुम्बाको संरचना स्थापना ग¥यौँ,’ उनले भनिन्, ‘तर, अब यसलाई पूर्णता दिनको लागि कम्तीमा पनि पाँच करोड रूपैयाँ जुटाउनुपर्ने देखिन्छ ।’ गुम्बालाई पूर्णता दिन सके भविष्यमा ‘लामा स्कुल’ सञ्चालन गर्ने योजना रहेको उनले सुनाइन् । हाल गुम्बामा ‘सम्वोटा लिपि’को निःशुल्क पठनपाठन भइरहेको छ । त्यसका लागि लामा गुरू खेन्पो दावा लामाले शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् । तर, राज्यले बौद्ध धर्मलाई सधैँ पछि पारेकोले सरकारी निकायबाट आवश्यक सहयोग नपाएको उनले गुनासो गरिन् । ‘विश्वले बुद्धलाई मानिरहेको छ, तर दुर्भाग्य भनौँ कि के भनौँ, नेपाल सरकारले बुद्ध धर्मलाई अपहेलना गरिरहेको छ,’ उनी दुखेसो पोख्छिन् । गुम्बाका लागि युनिक युथ क्लब तथा नेपाली काँग्रेसका भरतपुर ११ का वडा सभापति अम्बर लामाले पनि सहयोग गरेका छन् । तामाङ समुदायको धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्न ल्होसार, बुद्ध जयन्ती जस्ता पर्वसँगै हरेक दिन पूजापाठ गर्दै आइरहेको छ । गुम्बाभित्र तीन वटा ढुंगाका मूर्ति कुँदिएका छन् । पश्चिम भेगमा मञ्च बनाइएको छ भने अगाडि भागमा झण्डा (लुङ्दा) राखेर आकर्षक बनाइएको छ । गुम्बालाई अझ आकर्षक बनाउन धेरै काम गर्न बाँकी रहेको अध्यक्ष लामाले बताइन् । तर, आर्थिक अभावका कारण गुरुयोजना अनुसारको काम पूरा हुन नसकेको उनको भनाइ छ । सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सहयोगको अपेक्षा गरिएको उनले बताइन् । देशविदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग पनि सहयोगको लागि अपिल गरिएको उनले बताइन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.