सिरहा । सिरहामा लागु औषध सहित एकजना पक्राउ परेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहाका एक युवकलाई पक्राउ गरेको हो । लागुऔषध र राजनिवाससहित पक्राउ पर्नेमा सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवान रहेका छन । उनलाई सिरहा नगरपालिका १७ मा पर्ने नेपाल भारत सीमावर्ती क्षेत्रबाट सोमबार पक्राउ गरेको हो।प्रहरीले पासवानको साथबाट लागुऔषध डिलेक्सटीम डिसी १०० एमएलको ४४ बोतल, रिपलिन १०० एमएलको ३६ बोतल, नाइट्रेजेपेम ट्याब्लेट १२० थान, एसपास्मोस प्रोसेभोम ४४ थान र राजनिवास बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।








