फाइल फोटो
चितवन । चितवनको सौराहा स्थित चितवन राष्ट्रिय निकञ्जको पूर्वी सेक्टर कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । असार ७ गते निकुञ्ज कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा निकुञ्ज प्रशासनले एक युवकलाई मंगलवार बिहान फक्राउ गरेको हो ।
रत्ननगर नगरपालिका वडा नम्बर ५ निवासी बर्ष २६ को अर्जुन भनिने खड्क बहादुर श्रेष्ठलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । असार ७ गते बाघको आक्रमणबाट स्थानिय गिता अधिकारीको मृत्युको बिषयलाई लिएर स्थानीयले निकुञ्जको सौराहा स्थित कार्यालयमा आगजनी तथा तोडफोड गरेका थिए ।
जनकौली मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा रत्ननगर नगरपालिका वडा नम्बर ५ निवासी बर्ष ३२ की गिता अधिकारीको मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय नजिकै बाघले आक्रमण गर्दा समेत निकुञ्ज प्रशासनले उद्धारमा चासो नदिएर ढिलाई गरेको भन्दै स्थानियले आक्रोशित भएर तोडफोड गरेका थिए ।








