• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

६० हजारको लोभले १५ वर्ष जेलः जीवनभर पश्चाताप

  •   शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लाको कोराकका एक चेपाङले रु.६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु प¥यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि पश्चाताप र नैराश्यतामा बितेका छन् । पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका वडा नं. १० कोराकका ५९ वर्षिय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिंगे गैंडाको खाग तस्करी मुद्दामा पक्राउ पर्नुभयो ।

    तीन वर्ष अघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किनु भएका प्रजाले आफ्नै घरमा व्यवसाय थाल्नुभएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उहाँको निवासमा पुग्दा उहाँ काममा व्यस्त हुनुहुन्थ्यो । घरमै मदिरा पसल शुरु गर्नुभएका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उहाँका आँखा आँशुले रसाएका थिए । विगतको जेल जीवन र त्यसपछिका उहाँका दिन त्यति सुखी र खुशी छैनन् । चितवन, काठमाण्डौं, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उहाँले भन्नुभयो “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ ।” उहाँले थप्नुभयो “यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।”

    त्यसो त उहाँ रु.६० हजार पाउने लोभमा फस्नुभयो । घिसिङ नामका एक व्यक्तिसँगै दुर्लभ एकसिंगे गैंडा सिकारका क्रममा भरिया बनेर उहाँ निकुञ्ज पुग्नुभयो । तस्कर टोलीको भरियाको काम उहाँले गर्नुभयो । काम फत्ते भएमा रु.६० हजार पाउने लोभ उहाँलाई दिईयो । तर उहाँले दुई पटक गरेर रु.१५ हजार मात्रै पाएको बताउनुहुन्छ । त्यही बीचमा बि.सं. २०५९ सालतिर घिसिङ समातिएको र उसैले पोलेर आफू पक्राउ परेको उहाँको भनाई छ । पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सक्नु भएन । दुई महिनाको आवतजावतपछि ठोरीबाट उहाँ पक्राउ पर्नुभयो ।

    बि.सं. २०५८ सालतिर भरियाको काम गरेको स्मरणा गर्दै उहाँले भन्नुभयो “रासन पानी बोकेर पैसा पाईन्छ भनेपछि यो कुकर्ममा लागियो ।” राप्ती नदी तरेर जंगलमा बस्दै गर्दा पक्राउ परे कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउनुहुन्छ । त्यतिबेलाको रु.६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उहाँको भनाई छ । त्यतिबेलाका साथी दौतरीका गाउँमा घर बनेका छन् कतिपयको शहरमा घरसँगै गाडी रहेको भन्दै उहाँले आफ्नो अवस्थालाई आफैले हेर्दा लाज भएको दुखेसो गर्नुभयो ।

    उहाँले भन्नुभयो “उमेर पनि फालियो, समय पनि बित्यो, केही गर्न पनि सकिएन ।” उहाँले भावुक हुँदै भन्नुभयो “कमाउने कुरा त छोड्दिनुहोस्, बाबुले जोडेको सम्पत्ति जोगाउन पनि सकिन ।” आँखाभरी आँशु पार्दै उहाँले भन्नुभयो “जीवनको पहिलो र अन्तिम भूल यही नै भयो ।” आफ्नै दौतरीहरुले गाउँँमा बसेर गरेको उन्नती आफूले पनि गर्न सक्ने स्मरण गर्दै उहाँले भन्नुभयो “मेरो पनि अचल सम्पत्ति थियो, बैंकमा राख्दा चल हुन्थ्यो, एक भुलले पूरै जीवन बर्बाद भयो ।” बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई विगाहा पाँच कठ्ठा जग्गा मध्ये बिक्री गरेर अहिले एक विगाहा आठ कठ्ठा मात्रै बाँकी छ ।

    जेलबाट छुट्दै गर्दा निकुञ्जमा चार लाख जरिवानासँगै वकिल र आउजाउ लगायतका खर्चमा रु. ९ लाखभन्दा बढी सक्किएको उहाँको भनाई छ । लुकेरै गरेपनि पाप कर्म पछि थाहा हुने भन्दै उहाँले भन्नुभयो “मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ ।” उहाँले थप्नुभयो “ढिलो होस् वा छिटो होस् कर्तुत बाहिर निस्किन्छ ।” एक छोरा र दुई छोरीसहितकी श्रीमती छोडेर आफू जेल जीवन बसेको स्मरण गर्दै उहाँले यही कर्ममा लागेका धेरैका श्रीमती घर फर्किदा छाडेर गईसकेको उहाँले बताउनुभयो ।

    “मेरो आफ्नो पुख्र्याैली सम्पत्ति भएकाले फर्किएर आउँदा श्रीमती र छोराछोरी देख्न पाएँ” उहाँले भन्नुभयो । कतिपयको श्रीमती पोईल गएको, छोराछोरी कुपोषण भएर बिरामी परेका, घरजग्गा लिलाम भएको भन्दै प्रजाले यस्ता कुकर्ममा लाग्नु अघि भविष्यको सोच्न सुझाव दिनुभयो । जेल जीवनपछि समाजमा बाच्न पनि कठिन संघर्ष गरिरहनु परेको उहाँले गुनासो गर्नुभयो । घर नजिकैको एक व्यक्तिले मदिरा सेवन गरेर निरन्तर चोर भन्दै गालीगलौज गरेपछि वडा गुहार्नु परेको उहाँले दुखेसो गर्नुभयो ।

    हामीलाई समाजमा घुलमिल हुन निकै कठिन छ – प्रजाले भन्नुभयो “अगाडिबाट नभने पनि गैंडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन् ।” उहाँले गुनासो गर्दै भन्नुभयो “चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो तर तारन्तर भनिरहँदा दिक्क लाग्छ ।” भूकम्प प्राधिकरण र चेपाङ आवास कार्यक्रमले भत्किएको घर बनाईदिएपछि त्यही घरमा उहाँले व्यवसाय शुरु गर्नुभएको छ ।

    जग्गा धितो राखेर रु.२० लाख ऋण लिएर व्यवसाय थाल्नुभएका प्रजा विगतलाई भुल्ने प्रयास गर्दै भेट हुनेहरुलाई अपराधिक गतिविधिमा नलाग्न र संरक्षणमा जुट्न सुझाव दिनुहुन्छ । आफ्नो गाउँको सामुदायिक वनमा संरक्षण गरेर विगतको पापलाई पखाल्ने सोचमा उहाँ हुनुहुन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.