• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड

  •   मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

    उहाँले प्रदेशभित्रका धार्मिक पर्यटकीय महत्वका नवलपुरको गजेन्द्रमोक्ष धाम, देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जनस्तरबाट शुरु गरी पुम्दीकोटमा यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै उहाँले विगत वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने बताउनुभयो ।

    प्रदेश सरकारले यस वर्ष पनि रु ५० लाख पुम्दीकोटका लागि छुट्याएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो । पुम्दीकोटको महत्वलाई बुझेर क्षमताअनुसार सहयोगका साथै आसपासका बाटोका निर्माणका लागि सङ्घ सरकारसँग समन्वय गर्ने उहाँले बताउनुभयो । अर्थमन्त्री रामजीप्रसाद बरालले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताउँदै धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकारले अझै रकम थप्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले राज्यस्तर र जनस्तरबाट लगानी भएको यस परियोजनालाई सार्थक बनाउने जिम्मा आफूहरूकै रहेको बताउनुभयो ।

    कार्यक्रममा मन्त्री कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापासहित प्रदेशसभा सदस्यको उपस्थिति थियो । कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव भएको र धार्मिक केन्द्रहरूको निर्माणले यसमा अझै टेवा पुग्ने बताउनुभयो । समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रूप लिएको भन्दै विश्वकै पर्यटक आकर्षण गर्ने स्थलका रूपमा यसको विकास गर्न लागिएको र सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गर्नुभयो ।

    पुम्दीकोटलाई शिवधामका रूपमा स्थापित गरी धार्मिक केन्द्रका रूपमा विकास गरेमा स्वाभाविकरूपमा आम्दानी बढेर जाने उहाँको भनाइ छ । नेपाली कांग्रेसका नेता खेमराज पौडेल, वडाध्यक्ष मित्रलाल बराल, पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बराल, सचिव प्रकाश बराल, आर्किटेक्ट इञ्जीनियर बाबुराम बराललगायतले पुम्दीकोटको धार्मिक पर्यटकीय सम्भावनालगायत विषयमा बोल्नुभएको थियो । पुम्दीकोटमा राखिएको महादेवको मूर्ति ५५ फिट अग्लो छ । अध्यक्ष बरालका अनुसार अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ र २५ प्रतिशत काम पनि छिट्टै सकिने छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.