काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ३३५ र १०३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ८०७ जनाको मृत्यु भएको छ । हालसम्म ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ ।
हाल ३० हजार ३९० सक्रिय संक्रमित आइशोलेशनमा र ३७९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ८४ हजार ४१९ पिसिआर र ३ लाख ९ हजार २ सय ३३ वटा एन्टीजेन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








