काठमाडौं । २० वटा निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी स्थगित गर्ने निर्णय गरेका छन् । नेपाल बीमक संघको आह्वानमा ती बीमा कम्पनीहरुले शुक्रबारदेखि कोरोना दावी भुक्तानी औपचारिक रुपमा स्थगित गर्ने निर्णय गरेका हुन् ।
कोरोना बीमा बापतको रकम नभएपछि स्रोत अभावका कारण देखाउँदैबिगत ६ महिनादेखि बीमा दावी भुक्तानी भने हुन सकिरहेको थिएन । त्यसका निम्ति बीमा समितिले निकै प्रयास गरेपनि सरकारले बीमा रकम बापत्को रकम उपलब्ध गराएको छैन ।
स्रोत व्यवस्थापन भएको साढे ३ बर्ष रुपैया गएको पुसभित्रै बीमितहरुलाई वितरण गरेर सकिएपछि कोरोना दाबवी भुक्तानीका लागि रकम अभाव भएको हो । सरकारले दिने भनेको रकम नदिएपछि बीमा दावी भुक्तान गर्न बीमा कम्पनीहरुले सकिरहेका थिएनन् । कोरोना बीमाको दावी भुक्तानी कम्पनीहरुले गर्ने भएपनि बीमा पुलमार्फत सञ्चालन गरिएकोले रकमको व्यवस्थापन बीमा समितिले गर्नुपर्ने हुन्छ ।
समितिले रकमको व्यवस्था नगरिदिएपछि कम्पनीहरुले बीमा रकम भुक्तानी नगर्ने निर्णय गरेका हुन् । कोरोना बीमा मापदण्ड २०७७ अनुसार साढे तीन अर्ब रुपैयाँभन्दा बढिको दायित्व नेपाल सरकारले व्यहार्ने भन्ने उल्लेख छ । तर, सरकारले रकम निकासा गर्न बजेटमा व्यवस्था नभएकोले कानुनी झमेला उत्पन्न भएको छ ।
सरकारी तवरबाट रकम व्यवस्थापन नभएपछि सर्वसधारणले कोरोना बीमा रकम दावी भुक्तानी अन्यौल भएको हो । बीमक संघको निर्णयसँगै बीमितहरु कोरोना बीमाको रकम आउन वा आउँदैन भन्ने थप अन्योलमा परेका छन् । कोरोना बीमा बापतको रकम कहिले उपलब्ध हुन्छ भन्दै सर्वसाधारणहरुले इन्स्योरेन्स कम्पनीमा सोधिरहेका थिए, सरकारले पैसा उपलब्ध नगराएको हुनाले रकम दिन नसकिएको जवाफ कम्पनीहरुले दिँदै आएका छन् ।
अब त झन् सस्थागत रुपमै बीमा समितिले रकम व्यवस्थापन नगरिदिएका कारण बीमा दावी भुक्तानी नगर्ने निर्णय भयो, अब कोराना बीमाको रकम भुक्तानी हुने वा नहुने भन्ने झनै अन्यौल देखिएको छ ।








