काठमाडौँ । कतारले पहिलो ओलम्पिक स्वर्ण पदक जितेको छ । टोकियो ओलम्पिकमा भारोत्तोलन खेलमा फारेज इब्राहिम अलबाखले ओलम्पिक किर्तिमान बनाउदै स्वर्ण पदक जितेका हुन् ।
शनिबार सम्पन्न भारत्तोलन तर्फको पुरुष ९६ किलो समुहमा अलबाखले क्लिन एन्ड जर्कमा २२५ केजी उचालेका थिए भने कुल ४०२ केजी उचालेका थिए । बाखले अन्तिम लिफ्टमा विश्व कीर्तिमानका लागि २ सय ३२ केजी उचाल्ने प्रयास गरे पनि त्यसमा भने उनी असफल भएका थिए । अलबाख विश्व युवा च्याम्पियनसिपमा दुइ स्वर्ण पदक विजेता हुन् भने उनले २०१८ को एसियन गेम्समा रजत पदक जितेका थिए ।
२३ बर्षिय अलबाखले स्वर्ण पदक जितेपछि आफुले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिएका छन् । कतारका लागि पहिलो ओलम्पिक पदक भने १९९२ को बार्सिलोना ओलम्पिकमा मोहम्मद सुलेइमानले १५ सय मिटर दौडमा काश्य पदक जिताएका थिए ।








