काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १९८१ र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप २०२० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।








