चितवन । चितवनमा प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरिले रत्ननगर नगरपालिका वडा नम्बर १३ अमेलियाका शेर बहादुर बुढाथोकी र रत्ननगर नगरपालिका वडा नम्बर १४ गैरीगाउँका श्याम खड्कालाई लागु लागुऔषध सहित पक्राउ गरेको हो ।
हिजो दिउसो ४ : ४५ बजेकाे समयमा बुढाथोकीको घरबाट लागु औषध बिक्री बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीलले खानतलासी गर्दा Diazapam injection ip ३१ थान, Promethazine Hydrochloride injection ip ३१ थान, Buprenorpphine injection ip ३१ थान गरी जम्मा ९३ एम्पुल सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनिहरुलाई पक्राउ गरी अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।








