चितवन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको आज ६७ औं दिन पुगेको छ ।सरकारले गत चैत ११ गते यता जारी गरेको लकडाउन जेठ २० गते सम्मका लागि लम्ब्याएको छ ।
लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भएपनि लकडाउनको पालना भने भएको छ । चितबनका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून छ । अत्यावस्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायत प्रशासनबाट पास लिएकाहरुको सवारी साधन भने सञ्चालनमा आएका छन् । प्रहरीले सवारीसाधनको जाँचलाई कडाई पारेको छ ।
अत्यावस्यक सेवा र पास बाहेकपनि सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । पछिल्लो समय कोरोना भाइरस संंक्रमणको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई गरेको छ । चितबनका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री किनमेल गर्ने गरेका छन् ।









