• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नवलपुरमा गत आर्थिक वर्षमा पूंजीगत खर्च जम्मा ४० प्रतिशत

  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा पूंजीगत खर्च जम्मा ४० प्रतिशत भएको छ । संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट मध्य पूंजीगत खर्च ४० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख कोष नियन्त्रक राम बहादुर केसीले बताउनुभयो । प्रमुख कोष नियन्त्रक केसीका अनुसार चालु खर्च भने ९३ प्रतिशत रहेको छ । समग्रमा कुल खर्च ७२ प्रतिशत रहेको उहाँले बताउनुभयो । संघ तर्फ चालु खर्च ९६ प्रतिशत रहदा पंूजीगत खर्च जम्मा २१ प्रतिशत मात्रै रहेको छ ।

    संघ तर्फ नारायणगढ –बुटवल सडक योजनाकालागि रु. २ अर्व ३० करोड विनियोजन भएकोमा जम्मा ६ प्रतिशत मात्रै पूंजीगत खर्च भएकाले प्रगती कम देखिएको प्रमुख कोष नियन्त्रक केसीले बताउनुभयो । नारायणगढ –बुटवल सडक योजना बाहेक पंूजीगत खर्च ८० प्रतिशत हुन आउने र कुल खर्च ९४ प्रतिशत हुने उहाँले बताउनुभयो । संघीय बजेटबाट पूंजीगत खर्च गर्ने प्रमुख कार्यालयमा जिल्ला आयोजना कार्यान्वयन इकाई ,नारायणगढ–बुटवल सडक आयोजना, जिल्ला प्रहरी कार्यालय, देवचुली नगरपालिका रहेका छन् ।

    गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट मध्य भने पूंजीगत खर्च ८६ प्रतिशत रहेको छ । चालु खर्च ७२ प्रतिशत र कुल खर्च ८१ प्रतिशत रहेको छ । संघीय बजेट तर्फ नारायणगढ –बुटवल सडक योजनाको वित्तिय प्रगति अत्यन्त न्यून हुदाँ पंूजीगत खर्च कम देखीएकोमा प्रदेश तर्फ भने पूंजीगत खर्च सन्तोषजनक रहेको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट मध्य पूंजीगत खर्च गर्ने जिल्ला स्थित प्रमुख कार्यालयमा सडक पूर्वाधार विकास कार्यालय,जलस्रोत तथा सिंचाइ विकास डिभिजन, मध्यविन्दु जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय रहेका छन् ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार नवलपरासी पूर्व नवलपुरबाट संघीय सरकारलाई गत आर्थिक वर्षमा रु. १६ अर्ब ७६ करोड ५९ लाख राजश्व प्राप्त भएको छ । आन्तरिक राजश्व कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय,जिल्ला प्रशासन , नवलपुर जिल्ला अदालत,जिल्ला प्रहरी कार्यायल , मालपोत कार्यालय रहेका छन् । गण्डकी प्रदेश सरकारलाई भने नवलपुरबाट गत आर्थिक वर्षमा रु.५७ करोड ५४ लाख राजश्व प्राप्त भएको छ ।

    संघीय सरकारबाट जिल्ला भर भएको खर्च मध्य करिब तीन गुणा बढी राजश्व आर्जन भएको प्रमुख कोष नियन्त्रक केसीले बताउनुभयो । प्रदेशको हकमा नवलपुरमा भएको खर्च मध्य ४० प्रतिशत राजश्व आर्जन भएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्रै नाका त्रिवेणी भन्सार कार्यालय मूल भन्सार कार्यालयको रुपमा स्थापना भएको डेढवर्ष बिति सक्दा पनि कार्य सञ्चालनमा आउन नसकेको हुदाँ कार्यसञ्चालनमा ल्याउन सकिएमा थप राजश्व आर्जन हुने प्रमुख कोष नियन्त्रक केसीले बताउनुभयो ।

    जिल्लामा रहेका प्राकृतिक श्रोतको चुहावट रोक्ने गरि ठेक्का व्यवस्थापन गर्न सके समेत राजश्व संकलन वृद्धि हुने उहाँले बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.