चितवन । जिल्लामा पछिल्लो २४ घण्टामा २२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण र तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ६९३ वटा पिसिआर परीक्षण र २०९ वटा एन्टीजेन परीक्षणमा २२३ जनामा पोजिटिभ देखिएको हो ।
यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ भने अस्पताल भर्ना हुनेको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ ।








